रविवार, 23 फ़रवरी 2020

फुलको थुँगा बहेर गयो..(नेपाली गीत) / माधव प्रसाद घिमिरे / तारा देवी

https://youtu.be/Bw1IqmDRXQo

स्वर : तारा देवी
फुलको थुँगा बहेर गयो.... (नेपाली गीत)
-माधव प्रसाद घिमिरे 

फुलको थुँगा बहेर गयो
गंगाको पानीमा
कहिले भेट होला है राजै
यो जिन्दगानीमा

झरीको पछि झुल्केको
घाममा निर्झर पहाडको
झरीको पछि झुल्केको
घाममा निर्झर पहाडको
भर्खरै प्रिती बसेको
बेला पिर पर्यो बिछोडको
कहिले भेट होला है राजै
यो जिन्दगानीमा

नहाँसु भने सखीलाई पिर
मै हाँसु कसरि
नहाँसु भने सखीलाई पिर
मै हाँसु कसरि
रुऔला राती भनेर आँसु
मै साचुँ कसरि
कहिले भेट होला है राजै
यो जिन्दगानीमा

रातमा मलाई, हेर्दछ
टोलाई पुर्वको ताराले
रातमा मलाई, हेर्दछ
टोलाई पुर्वको ताराले
त्यो कान्तीपुरमा
सपनाको सुरमा सम्झ्यो
कि प्याराले
कहिले भेट होला है राजै
यो जिन्दगानीमा
कहिले भेट होला है राजै
यो जिन्दगानीमा

ENGLISH TRANSLATION :
*Who knows if we meet again or not* "Life flows like a bunch of flowers in river Who knows if we meet again; ever Budding love felt the pang of separation and tears-the hills shed in sunshine after a downpour How long can I pretend to smile concerned- my companions might How long can I hold my tears to cry alone later in the night Without blinking, When I see The eastern star staring at me My beloved in far away city I guess, must be remembering me"

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें